Logo
Logo

नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर बिक्रि खुला


504
Shares

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले आाज (मंगलबार) देखि १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ३ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा कात्र्तिक १० गतेसम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्