Logo
Logo

उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिन पत्रकार सम्मेलन गर्दै


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ६ माघ । सभामुख शिवमाया तुम्बामहाम्फेले राजीनामा दिने भएकी छन् । नेकपाक अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमलबीच सोमबार बालुवाटारमा छलफलपछि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने विषयमा टुंगो लागेको हो ।
उपसभामुख तुम्बाहाङ्फेले आजै पत्रकार सम्मेलन गरी पदबाट राजीनामा जनाइएको छ । यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह उनले इन्कार गर्दै आएकी थिइन् । तर, आइतबार सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्