Logo
Logo

इतिहासकै कमजोर अवस्थामा नेपाली कांग्रेस


- छविरमण अधिकारी


  • छविरमण अधिकारी

दसैँपछि कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा पुगेका नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भनेका थिए, ‘यो देशमा प्रमुख प्रतिपक्षी दल कहाँ गएछ भनेर खोज्न आएको हुँ ।’ सत्ताधारी दलका वरिष्ठ नेताको यो कटाक्षबाटै स्पष्ट हुन्छ, कांग्रेस कति कमजोर बनिसकेको छ । त्यसोतः कांग्रेसकै महत्वपूर्ण नेताहरू पनि कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताइरहेका छन् । केही साताअघि कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेकाले विभाजित मानसिकता लिएर सरकारविरुद्ध लड्न नसक्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।

‘पार्टीभित्रको चरम गुटबन्दी र तीन दशकको अधिकांश समय सत्ताबाट बाहिर निस्कन नसकेकाले कांग्रेसले यतिबेला संसद्मा सशक्त प्रतिपक्षीको भूमिका निभाउन नसकेको कतिपय राजनीतिक विश्लेषकहरूको भनाइ छ । कांग्रेसकै कतिपय नेताहरू भने पार्टीभित्रको विवादलाई नीतिगत नभई गुटगत भएको दावी गर्छन् । ‘तीन दशकको सत्ता अभ्यासमा कांग्रेस सत्ताभन्दा बाहिर बसेर सोच्ने अवस्था आएन । कि सत्तामा वा सत्ता बाहिर रहँदा सत्तामा कसरी पुग्ने भन्ने खेलमै व्यस्त भयो भन्ने विश्लेषण गरिँदैछ । अब के गर्ने भन्ने बारे पार्टी सभापति देउवाकै तहमा समेत सोच नदेखिँदा कांग्रेस थप कमजोर बनेको हो ।

गत निर्वाचनमा नराम्रो पराजय ब्यहोरेको कांग्रेस झन्झन् कमजोर बन्नुमा कांग्रेसभित्रको चरम गुटबन्दी सबैभन्दा प्रमुख कारण देखिन्छ । आगामी महाधिवेशन आफ्नो पक्षमा पार्न कांग्रेस नेताहरू हानथापमै उत्रिएका छन् । एकअर्काविरुद्ध सार्वजनिक रूपमै विषबमन गर्न थालेका छन् । गत साता झापा पुगेका महामन्त्री शशांक कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई हराउनुैपर्ने बताए । पार्टीको नेतृत्व एउटा गुटको मात्र भएकाले अब सबैको पार्टी बनाउन देउवाको विकल्प खोज्ने बेलाइ आइसकेको उनको भनाइ थियो । ‘मैले यसअगाडि सभापति देउवाविरुद्ध बोलेको थिइनँ । तर, अब पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ,’ उनले पहिलोपटक पार्टी नेतृत्वविरुद्ध सार्वजनिक रूपमै मुख खोले । उनले त्यति मात्र भनेनन्, आफूलगायत रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र रामशरण महत एक ठाउँमा उभिए मात्र देउवालाई हराउन सकिने विश्लेषण सुनाए ।

अर्कोतर्फ, सभापति देउवा एकलौटी ढंगमै अघि बढिरहेका छन् । उनले न पौडेललाई वास्ता गरेका छन्, सिटौलालाई, न कोइराला परिवारलाई नै । आसन्न महाधिवेशनको कार्यतालिकासमेत एकलौटी ढंगले सार्वजनिक गरेका देउवा त्यसबाट असन्तुष्ट बनेकाहरूलाई पेलेरै जाने मानसिकतामा देखिन्छन् । ‘अहिले देउवाले अर्कोपक्षलाई खासै भाउ दिएका छैनन् । पौडेल, सिटौला र कोइरालाहरू एकआपसमै विभाजित रहेकाले पेलेरै जान सक्छु भन्ने आत्मविश्वास देउवामा देखिन्छ ।

असन्तुष्टहरू आफैँ विभाजित

संस्थापनविरुद्ध असन्तुष्टि जाहेर गरिरहेका पौडेल, सिटौला र कोइराला परिवार आफैँमा पनि अनेक विषयमा विभाजित छन् । महाधिवेशनमा पौडेल पुनः सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । अघिल्लो महाधिवेशनमा देउवासँग पराजित भएका पौडेल यसपटक देउवालाई हराउन सिटौला, कोइराला परिवार र देउवाका अन्य सबै विरोधीहरूले आफूलाई सघाउनुपर्ने धारणा राखिरहेका छन् । उनी आफ्नो अडानबाट टसमस देखिँदैनन् । अघिल्लो महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर देउवाविरुद्ध मैदानमै उत्रिएका सिटौला पनि अब आफूले मौका पाउनुपर्ने बताइरहेका छन् । पार्टीभित्र सानै भए पनि गुटको नेतृत्व गरिरहेका सिटौला त्यही गुट समातेर आफ्नो दुनो सोझ्याउन क्रियाशील छन् । अर्कोतर्फ, कांग्रेसलाई कोइराला परिवारको पेवा ठानेर बिरासतमा नेतृत्व चाहने कोइरालाहरू पनि सभापतिको दौडमा छन् । रमाइलो कुरा त, कोइराला परिवारभित्रै पनि सभापतिको विषयमा मन मिलिसकेको छैन । महामन्त्री शशांक आफू विपीको पुत्र भएकाले सभापति बन्न पाउनुपर्ने दावी गरिरहेका छन् भने शेखर कार्यकर्तामा राम्रो प्रभाव रहेको र कांग्रेसलाई जीवन्त पार्टी बनाउने क्षमता आफूमा भएकाले आफूले अवसर पाउनुपर्ने भनिरहेका छन् । गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता भने पछिल्लो समय नेतृत्वको दौडबाट पछाडि हटेको देखिएको छ ।

आसन्न महाधिवेशनको स्वार्थ

यसरी आगामी महाधिवेशनलाई लक्षित गर्दै नेताहरूबीच लडाइँ चलिरहँदा कांग्रेस पार्टी भने दिनानुदिन कमजोर बन्दै गएको छ । ‘पार्टीभित्रको चरम गुटबन्दी र तीन दशकको अधिकांश समय सत्ताबाट बाहिर निस्कन नसकेकाले कांग्रेसले यतिबेला संसद्मा सशक्त प्रतिपक्षीको भूमिका निभाउन नसकेको कतिपय राजनीतिक विश्लेषकहरूको भनाइ छ । कांग्रेसकै कतिपय नेताहरू भने पार्टीभित्रको विवादलाई नीतिगत नभई गुटगत भएको दावी गर्छन् । ‘तीन दशकको सत्ता अभ्यासमा कांग्रेस सत्ताभन्दा बाहिर बसेर सोच्ने अवस्था आएन । कि सत्तामा वा सत्ता बाहिर रहँदा सत्तामा कसरी पुग्ने भन्ने खेलमै व्यस्त भयो भन्ने विश्लेषण गरिँदैछ । अब के गर्ने भन्ने बारे पार्टी सभापति देउवाकै तहमा समेत सोच नदेखिँदा कांग्रेस थप कमजोर बनेको हो ।

‘कतिसम्म भने कोइरालाको असहिष्णु र षडयन्त्रमूलक व्यवहारका कारण गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेतासमेत रुँदै पार्टी छाडेर हिँड्नुप¥यो । देउवाले त्यही सिकेका हुन् ।’

निर्वाचनको पराजयपछि उठ्न सकेन

गत निर्वाचनको परिणामपछि कांग्रेस सातवटै प्रदेशमा कमजोर विपक्षीमा खुम्चिएको छ । तर, विपक्षी भूमिका समेत कसरी निभाउने भन्नेमा कांग्रेसले ध्यान दिएको छैन । कमजोर पार्टीलाई संघ, प्रदेश र स्थानीय तहसम्मका कार्यकर्ताहरूलाई प्रशिक्षित बनाएर सशक्त पार्टीमा बदल्ने सोच न देउवामा देखिन्छ, न पार्टीभित्रकै विपक्षी नेताहरूमा पनि । कांग्रेस देशको नयाँ संरचनामा भिज्नसमेत सकेको छैन । त्यति मात्र होइन, कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअनुसार पार्टीको विधानसमेत परिमार्जन गरी कार्यान्वयनमा लगेको छैन । विश्लेषकहरू यसो हुनुको मुख्य कारण सभापति देउवाको अक्षमता र पौडेललगायतका नेताले पार्टीभित्र चलाएको चरम गुटबन्दीलाई दिन्छन् । ‘देउवा सभापति बनेको लामो समयसम्म पनि संगठन र विभागहरू बन्न सकेनन् । पार्टीभित्रको चरम आन्तरिक गुटबन्दी झाँगिदै गयो र कांग्रेस झन्झन कमजोर बन्यो,’ विश्लेषकहरू भन्छन्, ‘देउवालाई अधिनायकवादको संज्ञा दिंदै उनीविरुद्ध गुटबन्दीमा लागेकाहरू र त्यो समूहलाई आफूमाथि हावी हुन नदिने देउवाबीचको संघर्षले कांग्रेस इतिहासकै कमजोर पार्टी बन्न पुग्यो ।’

कांग्रेसका आम कार्यकर्तासमेत यतिबेला चकित छन् । किनभने, पार्टीलाई बलियो बनाउन भन्दै जोजसले आआफ्ना दावी पेश गरे पनि ती सबै आगामी महाधिवेशनमा सभापतिका दाबेदार नै हुन् । आन्तरिक गुटबन्दीका मुख्य पात्रका रूपमा रहेका देउवासँगै, पौडेल, प्रकाशमान सिंह, सिटौला, कोइरालालगायत पार्टी सभापति बन्ने दाउमा छन् । सभापति बनेर पार्टी चलाउने क्षमता, योग्यता र अनुभव हासिल गरिसके पनि आफू पार्टी बलियो बनाउने पक्षमा रहेको बताउने अर्जुननरसिंह केसी पनि सभापतिको दौडमा छन् । तर, उनी भन्छन्, ‘म पार्टी बलियो बनोस्, विधि र प्रक्रियामा पार्टीलाई चलाइयोस् भन्ने चाहना राखिरहेको छु र सर्वसम्मत रूपमा पार्टीको नेतृत्व चयन गरौँ भन्ने लबिङ गरिरहेको छु । पार्टीभित्र अहिले हुर्किएको गुटबन्दीले कांग्रेसलाई थप कमजोर बनाउने भएकाले म सुदृढ पार्टीको पहल गरिरहेको छु ।’

महाधिवेशनमा पराजित भएर पनि सभापति देउवाबाट मनोनित भएकी कांग्रेस केन्द्रीय समिति सदस्य महालक्ष्मी डिना अर्याल पार्टीमा नीतिगत रूपमा मतभेद नभए पनि गुट–उपगुटले पार्टीलाई कमजोर बनाइरहेको बताउँछिन् । ‘व्यक्तिका लागि भइरहेको गुटबन्दीले पार्टी कमजोर बनाइरहेको छ । शीर्ष नेताहरूले पार्टी ठूलो कि व्यक्ति भन्ने कुरा बुझ्नुपर्दछ,’ उनको भनाइ छ ।

कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ पार्टीभित्र सिद्धान्तको बहसभन्दा व्यक्तिवादी चरित्र हावी हुँदै गएको बताउँछन् । ‘यसमा सबै दोषी छन् । रामचन्द्रजी पनि दूधले धोएको मान्छे होइन । शेरबहादुर देउवा पनि दूधले धोएर आएको होइन । कृष्णप्रसाद सिटौलाजीको कुरा भएन । उहाँ पछाडि आउनु भएको छ । उहाँले के–के गर्नुभएको छ त्यो कुरो मलाई राम्रोसँग थाहा पनि छैन । तर, चाहे सिटौलाजी हो । चाहे डा. शेखर कोइराला होस् । कोही पनि चोखो छैनन्,’ गुरुङ भन्छन्, ‘सबै आआफ्ना स्वार्थमा लागेका छन् । कसैले पार्टीको भविष्य हेरेका छैनन् ।’

असन्तुष्टका आरोपमा कति बल छ ?

असन्तुष्ट पक्ष देउवाले एकलौटी ढंगबाट पार्टी चलाएको र पार्टीभित्र तानाशाही व्यवस्था लागू गर्न चाहेको आरोप लगाइरहेका छन् । तर, कांग्रेसको पृष्ठभूमि हेर्दा जो–जो नेतृत्वमा पुगेका छन्, ती सबैले त्यसैगरी पार्टी चलाएको देखिन्छ । वर्षौंसम्म कांग्रेसले विधानमै सभापतिलाई अत्यधिक अधिकार दिएर सभापति हावी हुने व्यवस्था गरेको थियो । सभापतिले केन्द्रीय कार्य समितिका पदाधिकारीसहित झन्डै बहुमत सदस्यसमेत आफैँले मनोनित गर्न पाउने गरी विधानमा व्यवस्था थिए । विधानको त्यही व्यवस्थाको बलमा सभापति निर्वाचित भएकाहरूले लामो समयसम्म पार्टीभित्रको अर्को पक्षलाई निस्तेज पारेरै आए । सभापतिहरूले पार्टीभित्रका असन्तुष्टक कुरा आज मात्र होइन, पहिलेदेखि नै नसुनेका हुन् । विधानले नै सभापतिलाई अत्यधिक बलियो बनाइदिएको थियो । कांग्रेसमा कहिल्यै सामूहिक नेतृत्व र सामूहिक निर्णयको परिपाठी बसेन । गिरिजाप्रसाद कोइरालाले आफू सभापति रहुञ्जेल पार्टी एकलौटी ढंगमै चलाएका थिए । कोइरालाका अगाडि कोही बोल्न नसक्ने अवस्था बनाएका थिए । पुराना कांग्रेसजन आज पनि सम्झिन्छन्, ‘कतिसम्म भने कोइरालाको असहिष्णु र षडयन्त्रमूलक व्यवहारका कारण गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेतासमेत रुँदै पार्टी छाडेर हिँड्नुप¥यो । देउवाले त्यही सिकेका हुन् ।’

पूर्वमहामन्त्री गुरुङ समेत पार्टी चलाउने आआफ्नो शैली हुने बताउँछन् । ‘सभापतिको अधिकारको कुरा हो । जो पनि सभापति भयो आफ्नो ढंगले चलाउने गरेको देखिन्छ । बिपी कोइरालाले आफ्नो ढंगले चलाउनुभयो तर, बिपीले चलाउँदा न गणेशमान सिंहले विरोध गर्नुभयो, न सुवर्णजीले गर्नुभयो । कसैले पनि विरोध गरेनन् । उहाँले अरुलाई नसोधी निर्णय नै गर्नुभएन । अब अहिले शेरबहादुरले रामचन्द्रजीलाई सोध्न जरुरी ठान्नुभएको छैन । अहिले समस्या त्यही भएको हो ।’

प्रतिक्रिया दिनुहोस्