Logo
Logo

सिजीलाई मोबाइल सेवा सञ्चालन गर्न नदिन सर्वाेच्चको आदेश


- दृष्टि न्युज/संवाददाता



काठमाडौँ, ३ माघ ।

सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालन गर्न दिन अन्तरिम आदेशलाई सर्वोच्च अदालतले बदर गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश बदर गर्ने निर्णय गरेको हो।

सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले गत पुस १२ गते सिजीमाथि नेपाल दूरसञ्चार प्राधिकरणबाट विभेदयुक्त व्यवहार भएको ठहर गर्दै समानताका आधारमा सेवा सञ्चालनमा सहभागी गराउन अन्तरिम आदेश दिएको थियो।

संसदीय समितिद्वारा प्रधान न्यायाधीश पदका लागि अनुपयुक्त ठहर गरिएका जोशीले जारी गरेको अदालतको अन्तरिम आदेशमा भनिएको थियो, ‘सिजीलाई आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको देखिँदा उक्त अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यक पर्ने कुनै पनि कार्य गर्न नरोक्नू, रोक्न नलगाउनू तथा निजलाई कुनै बाधा–अवरोध नगर्नू, नगराउनू ।’

प्रतिक्रिया दिनुहोस्