Logo
Logo

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


756
Shares

काठमाडौं । संघीय संसद अन्तरगत आज दबै सदनका तीन समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभातर्फका पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना समिति तथा राष्ट्रियसभाको दिगो विकास तथा शुसासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे समितिको हल सिंहदरबारमा बस्ने छ । बैठकमा समितिको भावी कार्ययोजनाबारे छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

यस्तै ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा एमबिबिएस अध्ययनरत एवम् अनशनरत विद्यार्थीको समस्याबारे त्रिभुवन विश्वविद्यालयका उपकुलपति, नेपाल मेडिकल काउन्सिल र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची छ ।

दिउँसो १ बजे बस्ने दिगो विकास तथा शुसासन समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालासँग छलफल गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्