
काठमाडौं । ओखलढुंगा एमालेले आठवटै पालिकाबाट प्रदेश प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । असोज १२ र १३ मा विराटनगरमा हुने प्रथम प्रदेश अधिवेशनका लागि जिल्लाका सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको हो । जसमा जिल्लाबाट ४२ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुन्छन् ।
कुन पालिकाबाट को ?
सिद्विचरण नगरपालिकाबाट खुलातर्फ अम्बिरबाबू गुरुङ, मोहन कुमार श्रेष्ठ, केदारबाबु बस्नेत, शंकरबहादुर कट्वाल, दामोदर धमला, कुलप्रसाद दाहाल, सोभितमान गुरुङ, युवा तर्फ इन्जिनियर राजिब कटवाल, महिला तर्फ इच्छाकुमारी गुरुङ, अम्बिका श्रेष्ठ, पशुपति गुरुङ, महालक्ष्मी गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
खिजीदेम्बाबाट खुलातर्फ कमलप्रसाद न्यौपाने र सुदिप सुनुवार महिला तर्फ खिनमाया घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
चम्पादेबी गाउँपालिका कमिटीबाट खुलातर्फ सुरेश थापा र महिलातर्फ दिलमाया मगर निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै लिखुबाट खुलातर्फ नानिबाबु बुढाथोकी, शेखर भट्टराई, केशबहरी ढुगेल, महिला तर्फ शान्ता ढुङ्गेल र अप्सरा पाण्डे (सुवेदी) निर्विरोध चयन भएका छन् ।
चिशंखुगढीबाट खुलातर्फ हर्केबोल राई, अशोक थापा,जिबन कुमार थापा, महिला तर्फ सकुन्तला राजभण्डारी र चम्पा राई, मोलुङबाट खुलातर्फ रामराज खतिवडा, लेखनाथ फुयाल, मणिराज राई, संजय खत्री महिला तर्फ अनिता राई, सुमित्रा देवी सुनुवार (तामाङ) चयन भएका छन् ।
सुनकोशीबाट महिलातर्फ तारा कार्की र खुलाबाट ज्ञानबहादुर (जिवी) खड्का निर्विरोध चयन भएका छन् । त्यसैगरि मानेभञ्ज्याङबाट खुलातर्फ उमेश कार्की र चित्र तामाङ, महिला तर्फ रमिला मगर निर्विरोध निर्वाचित भएका छन् ।
समावेसी (दलित) बाट ओम दयाल, छवि मगराती, धिरज ठटाल र जुना वि.क. निर्विरोध चयन भएका छन् । पार्टीको सर्कुलरअनुसार यसपटक ओखलढुंगाबाट नयाँ र युवा पुस्ताले प्रतिनिधि बन्ने अवसर पाएका छन् ।














