Logo
Logo

लोयल्टी एकेडेमीले गर्‍यो विद्यार्थीहरुलाई सम्मान


8.3k
Shares

काठमाडौं । काठमाडौंको मण्डिखाटारस्थित लोयल्टी एकेडेमीले शैक्षिक सत्र २०७९ मा एसईई तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । शनिबार विद्यालयमा एक कार्यक्रमकाे आयोजन गरी उनीहरुलाई सम्मान गरेको हो ।

बुढानिलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख ललितविक्रम सिंहको प्रमुख आतिथि तथा वडा नं. ९ र १० का वडाध्यक्षद्वय सुमित्रा त्रिपाठी र नवराज भट्राई, भक्तपुर जिल्ला न्यायधीश दुर्गा गुरुङलगायत विभिन्न समाजसेवी एवं राजनैतिक व्यक्तित्वको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले गरेका थिए ।

एसईई उत्तीर्ण ८८ जना र कक्षा १२ उत्तीर्ण ४५ जना गरी १३३ जना विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको विद्यालयका प्रधानाध्यापक बीरेन्द्र कुरुम्बाङले जानकारी दिए ।

कार्यक्रममा उनले उपस्थित अतिथि तथा अभिभावक, शिक्षक एवं विद्यार्थीहरुलाई स्वागत गर्दै लोयल्टी एकेडेमी आफ्ना विद्यार्थीका आगामी शैक्षिक यात्रामा सदा साथ रहने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा विद्यालयमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले गीतसंगीत तथा आकर्षक नृत्य गरेका थिए । कार्यक्रममा बुढानिलकण्ठ वडा नं ९ र १० का वडाध्यक्षद्वयले दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकाना दिएका थिए । साथै, कार्यक्रममा अभिभावकसँगै विद्यार्थीहरुलाई मायाको चिनो तथा खादाले सम्मान गरिएकोे थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ललितविक्रम सिंहले लोयल्टी एकेडेमीका जस्ता विद्यार्थीको सर्वाङगिण विकासमा ध्यान दिने विद्यालयहरु बुढानिलकण्ठ नगरपालिकाकै सम्पत्ती र सान भएको बताए । लोयल्टी एकेडेमीको आफ्नै सभाहलमा सम्पन्न उक्त कार्यक्रममा माध्यमिक तहमा अध्यापन गर्ने शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा समापनका क्रममा विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले आफ्ना विद्यार्थीहरुलाई सफल शैक्षिक यात्राका लागि शुभकामना दिँदै यो सफलताको श्रेय लगनशील शिक्षकलगायत जिम्मेवार अभिभावकहरु भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्