Logo
Logo

मध्यपश्चिम विश्वविद्यालय र एनआरईएनबीच सम्झौता


315
Shares

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कबीच सम्झौता भएको छ । बिहीबार
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह र एनआरईएनका अध्यक्ष ई. लोचनलाल अमात्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थित हलमा आयोजित एक समारोहबीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान तथा शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क स्थापना गर्ने मुख्य उद्देश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पश्चात मध्यपश्चिम विश्वविद्यालयले विश्वव्यापीरूपमा अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी र शैक्षिक संस्थाहरूबीच अनुसन्धानात्मक नेटवर्क स्थापित गर्न सक्नेछ । र यसको पहुँचबाट विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई गुणस्तरीय एवं द्रुत गतीमा आवश्यक पर्ने सूचना तथा डेटा सहजै उपलव्ध हुनेछ ।

साथै एनआरईएनमा आबद्धता पश्चात विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण गर्दा ईडुरोम वाईफाई इन्टरनेटको निःशुल्क सेवा प्राप्त हुनेछ ।

उक्त कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. सिंहले एनआरईएनले विगतमा गरेको सहकार्य र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत शैक्षिक एवं अनुसन्धानात्मक कार्य थप अगाडी बढाउने र यो सम्झौता समेत यसैको एक कडीको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्