Logo
Logo

बस्नेत मुख्यमन्त्री चौधरीका प्रमुख राजनीतिक सल्लाहकार नियुक्त


2.2k
Shares

काठमाडौं । कांग्रेस नेता जानकीलाल बस्नेत लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका छन् । बस्नेतलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राज्यमन्त्रीसरह सेवा सुविधा दिनेगरी आफ्नो प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनूसुची २ बमोजिम भदौ ३१ गतेदेखि लागू हुनेगरी बस्नेतलाई प्रमुख राजनीतिक सल्लाहकार पदमा नियुक्त गरिएको छ । बस्नेतले आइतबार पदभारसमेत ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्