Logo
Logo

माधव नेपाल लुम्बिनीमा, ल्हारक्यालले गरे स्वागत


1.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लुम्बिनी पुगेका छन् । उनी गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गर्न त्यहाँ पुगेका हुन् ।

नेपाललाई लुम्बिनी विकास कोषका उपाध्यक्ष योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष सिद्धिचरण भट्टराई प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले स्वागत गरेका थिए ।

नेता नेपालले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुका साथै मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गरेका थिए । सो क्रममा उनलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्