Logo
Logo

एमाले बागमती प्रदेश अधिवेशन : मतदाता नामावली प्रकाशन


1.3k
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश प्रथम अधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत मतदानका लागि मतदाताहरुको नामावली प्रकाशित भएको छ । कार्यालयले उम्मेदवारहरुका लागि बिहान ११ः३० बजेदेखि फारम वितरण गर्ने जनाएको छ ।

एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता आज र निर्वाचन बिहीबार गर्ने जनाएको छ । बिहान मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता पछि दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ ।

एमाले नेताहरुका अनुसार असोज ११ गते बिहीबार मतदान हुनेछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।

एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्