Logo
Logo

आफ्नै कुकुरले गुप्तचरलाई टोकेपछि बाइडेन हैरान



एजेन्सी । अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा कार्यरत एक जना गुप्तचरलाई राष्ट्रपति जो बाइडेनको कुकुरले टोकेको छ ।

बर्दि लगाएका गुप्तचर सेवाका कर्मचारीलाई सोमबार साँझ बाइडेनले पालेको दुई वर्षीय जर्मन शेफर्ड कुकुरले टोकेको हो ।बारम्बार कर्मचारी टोकेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन हैरान भएका छन् ।

वाइडेनले दुई जर्मन शेफर्ड पालेका छन् । जसमध्ये सानो कुकुरले ती व्यक्तिलाई टोकेको हो । यसअघि उसले डेलावेयरस्थित राष्ट्रपतिको निवासमा पनि एक जना कर्मचारीलाई थियो । कुकुरले टोकिएका ती कर्मचारीले आफ्नो स्वास्थ्य स्थिति ठिक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्