
काठमाडौं । गण्डकी प्रदेशसभाको जारी अधिवेशन अन्त्य भएको छ ।
गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरि चालु अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरेर चालु अधिवेशन अन्त्य भएको जानकारी दिएको छ ।














