Logo
Logo

चिकित्सकका माग तत्काल पुरा नभए आन्दोलनमा सहभागी हुन आग्रह


630
Shares

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिद्वारा गरिएको मागहरु तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै संघले चिकित्सकका माग तत्काल सम्बोधन नभए अझ सशक्त आन्दोलन चर्काउने चेतावनी दिएको छ । साथै चिकित्सकका माग तत्काल पूरा नभए सम्पूर्ण स्वास्थ्यकर्मीका संगठनहरूलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ ।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ लाई लागु गर्दै उठाइएको मागहरू तत्काल सम्बोधन नभए सम्पूर्ण स्वास्थ्यकर्मीका संगठनहरूलाई यस कार्यक्रममा साथ दिन हार्दिक अपिल गर्दै थप आन्दोलनका कार्यक्रममा अझ सशक्त ढंगले सहभागी हुनसमेत अनुरोध गर्न चाहन्छौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्