Logo
Logo

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन


36.4k
Shares

काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । राष्ट्रपति कार्यालयको कानुन महाशाखाका सहसचिव कार्कीको ५९ वर्षको उमेरमा शुक्रबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

गम्भीर स्वास्थ्य समस्या देखिएपछि कार्कीलाई शुक्रबार बिहान ७ बजे नर्भिक अस्पताल पु¥याइएको थियो । ओखलढुंगा घर भएका कार्कीको निधन शुक्रबार बिहान निधन भएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताएका छन् ।

गम्भीर बिरामी परेपछि अस्पताल लगिएका कार्कीको बाटैमा निधन भएको थियो। नर्भिकले आवश्यक चेकजाँचपछि उनलाई मृत घोषणा गरेको थियो।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000