दार्चुला । दार्चुलामा एक वृद्धाको घरको सिढीबाट लडेर मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिकामा–९ गाँजरीकी ७० वर्षिया कलावती महरको (आज) शुक्रबार आफ्नै घरको सिढीबाट लडेर मृत्यु भएको हो ।
उनी आफ्नै घरको सिढी (भर्याङ)बाट लडेर बेहोस भएकी थिइन् । उनको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














