Logo
Logo

करिब तीन किलो सुनसहित एक महिला पक्राउ


1.4k
Shares

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो २.७ किलो अवैध सुनसहित एक महिलालाई पक्राउ गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलालाई सुनसहित पक्राउ गरको हो ।

प्रहरीका अनुसार आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार ती महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् ।

प्रहरीले उक्त सुन र महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने विषय खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्