Logo
Logo

जसपाका १३ महिला सांसद सम्मानित


2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना प्रतिनिधिसभा र प्रदेशसभाका महिला सदस्यलाई सम्मान गरेको छ ।

पार्टीको सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजवादी महिला सङ्घ नेपाल केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेका हुन् ।

यसरी सम्मानित हुनेहरुमा सांसद सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जुकुमारी ठाकुर, र मञ्जु शर्मा अन्सारी रहेको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यसैगरी राष्ट्रियसभाका सांसद प्रमिला यादव तथा प्रदेशसभाका सदस्य निर्मला तावा, सुरिताकुमारी साह, किरणकुमारी साह, शोभा देवी, ललिता दास, साहिदा खातुन, ममतादेवी मण्डल, अम्बिका काफ्लेलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्