Logo
Logo

आतंकवादी हमलामा परि इजरायलमा ९ जना नेपाली घाइते, ५ जनाको उद्धार



काठमाडौं । इजरायलमा आतंकवादी हमलामा परि ९ जना नेपाली घाइते भएका छन् । उक्त हमला १४ जना नेपाली काम गरिरहेको फार्ममा आक्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल सरकारले शनिबार भएको आतंकवादी हमलाको भर्त्सना गरेको छ। उक्त हमलामा ठूलो मानवीय क्षति हुनाका साथै धेरै घाइते र हताहती भएका छन्।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति गर्दै अहिलेसम्म नौजना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको जानकारी गराएको छ। मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीसँग निकट सम्पर्कमा रहेको जनाएको छ।

गैरआवासीय नेपाली संघले आंकमा परि घाइते भएका ५ जनाको उद्धर गरिएको जनाएको छ । संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले संस्थाको तर्फबाट शनिवार एक विज्ञप्ति जारी गर्दै घाइतेको उद्धार र उपचारमा खटिएको जनाएको हो । नेपालबाट इन्टर्नसीपका लागि इजरायलस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका १४ नेपाली मध्य ९ जना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदले जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्