Logo
Logo

एसियाडमा करातेतर्फ नेपाललाई ऐतिहासिक रजत पदक


756
Shares

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक जितेको छ । ६८ केजी तौल समूहको फाइनल प्रतिस्पर्धामा नेपालकी एरिका गुरुङले करातेमा ऐतिहासिक रजत पदक नेपाललाई दिलाउन सफल भएकी हुन् ।

उनी १०औं विश्व सितोरियो करातेकी स्वर्ण पदक विजेता खेलाडी हुन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको नेपाल कराते महासंघले जनाएको छ ।

उनले जित हासिल गरेको खण्डमा नेपाललाई पहिलो स्वर्णपदक दिलाउने खेलाडी बन्ने थिइन् । तर, उनलाई काजकिस्तानकी बेरुल्टसेवा सोफियाले ३–० ले पराजित गरेपछि उनी रजतमा सीमित भएकी हुन् । नेपालले अहिलेसम्म एसियन गेम्समा स्वर्ण जितेको छैन ।

एसियाडमा नेपाललाई पहिलो रजत पदक तेक्वान्दोकी सविता राजभण्डारीले दिलाएकी थिइन् । १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाडमा उनले रजत जितेकी थिइन् । अहिलेसम्म नेपालले १९औं एसियाली खेलकुदमा एक रजत र एक कास्य पदक जितेको छ । महिला कवड्डीतर्फ नेपालले कास्य पदक जितेको हो ।

प्रतिक्रिया दिनुहोस्