Logo
Logo

अफगानिस्तान ६.१ म्याग्निच्युडको भूकम्प, सय जनाको मृत्यु



एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार मध्याह्न हेरातबाट करिब ४० किलोमिटर उत्तर–पश्चिममा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परि १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् ।

घाइतेहरुको खोज र उद्धार भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । त्यस्तै मृतकको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्