
काठमाडौं । निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरी पक्राउ परेका छन् । बिगो मुद्दामा सजाय तोकिएपछि फरार रहेका चौधरीलाई धनुषा जिल्ला अदालत फैसला कार्यान्वयन दास्ता र धनुषा प्रहरीको संयुक्त टोलीले शनिबार पक्राउ गरेको हो ।
जनकपुरधाम १५ घर भएका ४५ वर्षीय चौधरीलाई धनुषा प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीका अनुसार बिगो मुद्दामा चौधरीलाई अदालतले ६ महिना कैद सजाय सुनाइएको छ । उनमाथि थप अनुसन्धान भइरहेको र आज अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।














