Logo
Logo

विश्वकप-२०२६ छनोट : नेपाल र लाओस बराबरी खेले


945
Shares

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल र लाओस बराबरी खेल्दै अंक बाडेको हो । कप्तान बोउनफचान बोउन्कोङले गोल गर्दै पाहुना टिमलाई सुरुआती अग्रता दिलाएका थिए । बोउन्कोङले ३३औँ मिनेटमा गोल गर्दै लाओसलाई अग्रतामा राखेका थिए ।

यही गोलमा लाओसले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । पहिलो हाफमा कुनै गतिलो आक्रमण बुन्न नसकेको नेपाल दोस्रो हाफमा भने सुरुआतदेखि नै आक्रामक बनेको थियो ।

दोस्रो हाफको सुरुआतमै अन्जन विष्टको गोलबाट नेपाल खेलमा फर्कियो । ४८औँ मिनेटमा एरिक विष्टको कर्नरमा अन्जनले हेडर गोल गरेका थिए ।

यो गोलसँगै अन्जनले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरे । नेपालबाट १३औँ गोल गरेका अन्जनले हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

अब छनोटको दोस्रो लेगका लागि नेपाली टिम लाओस जाने छ । छनोटको दोस्रो लेग असोज ३० गते हुने छ ।

प्रतिक्रिया दिनुहोस्