काठमाडौं । आइसीसी विश्वकपअन्र्तगत पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले अलआउट हुनुपूर्व ४२.५ ओभरमा १९१ रन मात्रै बनाउन सक्यो । शनिबार भारतको अहमदावाद स्टेडियममा भएको खेलमा पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० रन बनाए ।

मोहम्मद रिजवानले ४९, इमान उलहकले ३६ र अब्दुल्लाह शाफिकले २० रन बनाए । भारतका लागि जसप्रित बुमराह, मोहमद सिराज, हार्दीक पाण्ड्या, रविन्द्र जडेजा र कुलदीप यादवले समान दुई–दुई विकेट लिए ।














