Logo
Logo

दाङ प्रहरीलाई सफलता, कल्पनाको बलात्कारपछि हत्या गर्ने गिरोहका नाइके पक्राउ


- दृष्टि न्युज/संवाददाता



दाङ, ४ माघ। १० वर्षअघि दाङमा एक किशोरीलाई सामूहिक बलात्कारपछि हत्या गर्ने गिरोहका नाइके पक्राउ परेका छन् ।


२०६५।१२।१५ गतेको दिन महेन्द्र वहुमुखी क्याम्पस घोराहीमा प्लस टु मा अध्ययनरत १७ वर्षीया कल्पना खनाल आफन्तकोमा गएर तुलसीपुरवाट घोराहीतर्फ (नेपाल वन्दका कारण) पैदल आउँदै गरेकोमा हालको तुलसीपुर उप(महानगरपालिका वडा नं. १८ वेलझुण्डी स्थित संस्कृत विश्व विद्यालय चोकको प्रतिक्षालय नजिकबाट नियन्त्रणमा लिई सोही दक्षिणमा रहेको टिनको घुम्तीमा लगि नसालु पदार्थ खुवाई रातभरी सामूहिक वलात्कार गरेको गरेका थिए । सामूहिक वलत्कारका कारण विछिप्त कल्पनाको विछिप्त अवस्थामा नै घटनाको ८४ औँ दिनमा मृत्यु समेत भएको थियो । सो मुामा सर्वोच्च अदालतवाट मिति २०७२।११।३० गते फैसला भई ९ वर्ष ११ महिना २ दिन कैद सजायँ र रु. ५०,००० ।( जरिवाना तोकिएको, उक्त सामूहिक वलात्कारका मुख्य अपराधी तत्काल बिजौरी गा.बि.स. वडा नं. ५ हाल तुलसीपुर उप(महानगरपालिका वडा नं. १८ बस्ने वर्ष ३१ को विष्णु चौधरी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले तुलसीपुर उप(महानगरपालिका वडा नं. १८ स्थित एक घरवाट पक्राउ गरिएको एसपी बेलबहादुर पाण्डेले बताए ।
सो बलात्कार घटनामा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरेको र अव फरार १ जना ( मोहन पुन) को खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अभियुक्त चौधरी उपर संस्कृत विश्व विद्यालयका पदाधिकारी माथि आक्रमण गरेको र विश्व विद्यालयको सम्पत्ति तोडफोड गरी चोरी गरेको घटना सम्वन्धमा समेत अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्