काठमाडौं । फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले लाओसविरुद्ध अग्रता लिएको छ ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे ।
यसअघि नेपालको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अवे मैदानमा हुने खेलमा नेपाल जित्नैपर्ने दबाबमा रहेको छ । होम एन्ड अवेमा बढी गोल गर्ने टोली छनोटको दोस्रो चरणमा पुग्नेछ।














