
काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदै छ । बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुने शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ ।
नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ । युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ ।
एकअर्कासँग समान दुई खेल खेलेपछि अंकतालिकाको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । शृङ्खलाको फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । सबै खेलहरू बिहान ११ बजे हुनेछ ।
नेपाली टोली
रोहितकुमारको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), सन्दीप जोरा, श्याम ढकाल (मौसम), विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् ।














