Logo
Logo

सशस्त्र प्रहरीका ११ एसएसपीको सरुवा र पदस्थापन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ माघ ।

सशस्त्र प्रहरी बलमा प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा पदस्थापन भएको छ । गृहमन्त्रालयले मन्त्रिस्तरको निर्णय गर्दै ३ जना एसएसपीहरुको सरुवा गर्नुको साथै हालै बढुवा भएका ८ जनाको पदस्थापन गरेको हो ।

सरुवा हुनेमा एसएसपीहरु भरत कुमार श्रेष्ठ, वेचन यादव र अभि कुमार खत्री रहेका छन् । उनीहरुमध्ये श्रेष्ठलाई मानवश्रोत विभाग, यादवलाई ३ नम्बर बाहिनी र खत्रीलाई नम्बर ४ बाहिनी कास्कीमा सरुवा गरिएको छ ।

त्यस्तै हालै बढुवा भएका भगवान मल्ल नम्बर ५ बाहिनी, भिमबहादुर थापा कैलालीस्थित नम्बर ७ बाहिनी, कालिदाश धौवजी नम्बर ९ बाहिनी,प्रेमराज पोखरेलको कमाण्ड तथा स्टाफ कलेजमा पदस्थापन भएको छ ।

एसएसपीहरु दमन थापा सुरक्षा परिषदको सचिवालय,कुमार न्यौपाने मानवस्रोत विभाग, फणिन्द्रराज पौडेल कार्य तथा सुरक्षा विभाग र ईन्द्रराज कार्कीको सुनसरी नम्बर १ बाहिनीमा पदस्थापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्