Logo
Logo

प्रतिताेला १ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ


1.8k
Shares

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भइरहको छ । मंगलबार छापाावाला सुन तोलामा १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजाबी सुन तोलामा १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्