काठमाडौं । त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा युएईले दिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो क्षति ब्यहोरेको छ ।

नेपालको ब्याटिङ इनिङको जिम्मेवारी सम्हालेका ओपनरद्वय कुशल भुर्तेल १४ बलमा १४ रन बनाएर आउट भएका छन् । उनी निलान्स केस्वानीको स्पिन बलमा ठूलो सट प्रहार गर्ने कोशिश गर्दा अली नासिरको हातबाट आउट हुन पुगे ।
कुशल भुर्तेल आउट भएपछि उनको स्थानमा कुशल मल्ल आएका छन् । ताजा अवस्थामा नेपालले पाँचौँ ओभरमा एक विकेट गुमाएर २८ रन बनाएको छ ।














