Logo
Logo

विद्युतीय सवारी हुनेलाई पनि इन्धन खर्च



काठमाडौं । सरकारले कर्मचारीलाई नगद इन्धन खर्च दिने भएको छ । सरकारी कर्मचारीलाई इन्धन सुविधा दिन बुधबार अर्थमन्त्रालयले नयाँ निर्देशिका जारी गरेको छ । कर्मचारीलाई इन्धन सुविधा दिनका लागि ‘इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८०’ जारी गरेको हो ।

निर्देशिकाअनुसार सरकारका विशिष्ट श्रेणीका कर्मचारीले मासिक १२५ लिटर इन्धन पाउनेछन् । यस्तै, प्रथम श्रेणिका कर्मचारीले मासिक १०० लिटर इन्धन पाउने ब्यबस्था गरिएको छ ।

यसबाहेकाका कर्मचारीले तीन महिनामा मोबिल-ब्रेक लगायतको सुबिधाको व्यवस्था गरिएको छ । निर्देशिकामा इन्धनको सुविधा मासिकरुपमा र मोबिल र ब्रेकको रकम त्रैमासिक रुपमा दिने उल्लेख गरिएको छ । उनीहरूले प्रत्येक तीन महिनामा पाँच लिटर मोबिल बराबरको रकम पनि पाउने छन् ।

यसअघि कर्मचारीले सम्बन्धित कार्यालयले नै उपलब्ध गराएको कुपनका आधारमा इन्धन प्रयोग गर्दै आएका थिए । पेट्रोल पम्पले उक्त कुपन देखाएर सरकारबाट एकमुष्ट रकम भर्पाइ लिन्थे ।

साथै, विद्युतीय साधन प्रयोग गर्ने कर्मचारीलाई समेत इन्धन सुविधा दिने व्यवस्था निर्देशिकामा उल्लेख छ । उनीहरूलाई इन्धनको आधा सुविधा दिइने व्यवस्था गरिएको छ ।

निर्देशिकाको नवौं बुँदामा ‘कुनै कर्मचारीलाई विद्युतीय साधन उपलब्ध गराएको अवस्थामा ५० प्रतिशत इन्धन बराबरको रकम दिइने’ उल्लेख छ । यसअघि विद्युतीय गाडीका सम्बन्धमा निर्देशिकामा केही उल्लेख थिएन ।

प्रतिक्रिया दिनुहोस्