Logo
Logo

युएईविरुद्ध नेपाललाई सातौं सफलता, कुशल मल्लले लिए विकेट



काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले सातौं विकेट लिएको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । सो क्रममा नेपालले सातौं विकेट लिएको हो ।

सातौं सफलताको रुपमा कुशल मल्लको बलमा नेपालले अर्को विकेट लिएको हो । कुशलको बलमा युएईका वृत्य अरविन्द आउट भएका छन् ।

यसअघि, सोमपाल कामीको बलमा मोहम्मद वसिम र खालिद शाह आउट भएका थिए । त्यसैगरी, सन्दीप लामिछानेको बलमा आसिफ खान र कुशल मल्लको बलमा अलीशान शराफू आउट भएका थिए । त्यसैगरी, रोहित पौडेलको बलमा युएईका अली नसीर आउट भएका छन् । त्यसैगरी, सन्दीप लामिछानेको बलमा बासिल हमिद आउट भएका थिए ।

हालसम्म युएईले १९.१ ओभर खर्च गर्दै १२९ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्