Logo
Logo

स्वीस बैंकको नेपालको सम्पति फिर्ता आउला ?


- दृष्टि न्युज/संवाददाता


अहिले नेपाललिक्सको रिपोर्टले स्वीस वैंकमा जम्मा भएको नेपालको सम्पति र कालो धनलाई सेतो वनाउने नेपालका नेता तथा पूँजीपतिहरुको नांगो लूटको पर्दाफास गरेकोछ । यो केवल सानो अंशमात्र भएको वताइन्छ ।

नेपालमा कानुन अनुसारको आर्थिक गतिविधि र सम्पतिको कम्तिमा एक तिहाइ रकम वरावरको आर्थिक लेनदेन र सम्पति अवैध रहेको अनुमान छ । तर सरकारले यो गैर कानुनी सम्पति र कारोवारलाई नियन्त्रण गर्ने कुनै ठोस पहल गरेको छैन ।

अहिले नेपाललिक्स नामले चर्चामा आएको प्रतिवेदनले केही नेपाली नागरिकहरुको नाममा स्वीस वैंकमा अबैध खाता र अरबौं रकम रहेको जनाएकोछ । सरकारले यसवारे छानवीन गर्ने वचन दिएको त छ । तर राजा वीरेन्द्रको परिवारका नाममा विदेशी वैंकहरुमा अरबौं रुपैयाँ वरावरको रकम रहेको भनिएपनि त्यसवारे यतिका वर्ष वित्दा एक पैसा सम्मपनि नेपाल फिर्ता ल्याउन सकेको छैन ।

यस तथ्यले अहिलेको स्वीस वैंक काण्ड पनि त्यतिकै सेलाउने शंका उब्जनु स्वाभाविक छ ।

स्वीस वैंकहरु विश्वका तानाशाहहरु, भ्रष्ट नेताहरु तथा कालोधन थुपार्ने अन्य पूँजीपतिहरुको ढुकुटी वनेको आरोप धेरै पहिले देखि नै लाग्ने गरेको छ । त्यहाँ थुपारिएको अवैध धनको वारेमा स्वीस वैंकहरुले तेश्रो विश्वका देशहरुलाई सुचना दिने गरेको छैन । केवल युरोपेली देश तथा अमेरिका जस्ता शक्तिशाली देशको सरकारलाइ मात्र स्वीस वैंकहरुले त्यहाँ जम्मा गर्ने व्यक्तिको सुचना दिने गर्दछ । त्यसैले नेपालका पुराना शासकहरु तथा कालो धन थुपारेकाहरुले स्वीस वैंक नै रोज्ने गरेकाछन् ।

नेपालमा विविध व्यक्तिहरुले जम्मा गरेका अवैध सम्पति स्वीस वैंकहरुमा मात्र लग्ने चलन अब हटि सकेको छ । केवल त्यसको मात्र छानवीन गरेर नेपालमा ठुला नेताहरु देखि दलाल तथा नोकरशाही पूँजीपति वर्गले गरिरहेको लूट र नांगो डकैती निर्मूल हुने देखिन्न । नेपाललिक्सले नेपालवाट विविध हुण्डिको माध्यमवाट अवैध सम्पति वाहिर लग्ने र ट्याक्स हेभनको रुपमा चिनिने देशहरुवाट कालो धनलाई सेतो वनाएर नेपाल ल्याइ सुरक्षीत गर्ने चलनका विषयमा पनि भण्डाफोर गरेकोछ । यसतर्फ सरकारले समय मै छानवीन अगाडि वढाएन भने सरकारका कतिपय मानिसहरुपनि यसमा संलग्न छ भन्ने आरोप सत्य सावित हुनेछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्