Logo
Logo

पाकिस्तानको च्यारिटी बजारमा नेपाली हस्तकलाका सामग्री प्रदर्शन



काठमाडौं । पाकिस्तानमा नेपाली हस्तकलाका सामग्री प्रदर्शन गरिएको छ ।

नेपाली राजदूतावासले सोमबार इस्लामावादस्थित पाकिस्तान विदेश कार्यालय महिला संघ (पोफवा) को वार्षिक च्यारिटी बजारमा नेपाली हस्तकला, चिया, पर्यटन प्रवर्द्धनात्मक सामग्री र नेपाली मःमःको स्टलसहित सहभागिता जनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पाकिस्तानकी प्रथम समिना अल्वीले नेपाली स्टलको भ्रमण गरी नेपाली प्रदर्शनीको बारेमा जानकारी लिनुका साथै नेपाली खाना मोःमोको स्वाद लिएका थिए ।

उक्त कार्यक्रममा राजदूत तथा कूटनीतिज्ञ, पाकिस्तान सरकारका अधिकारी, प्रवासी र नेपाली नागरिकले आफ्नो परिवारसहित स्टलमा पुगेर मोःमोको प्रदर्शनी तथा स्वादको बारेमा जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्