Logo
Logo

माधव नेपालद्धारा जाजरकोट भूकम्प प्रभावित क्षेत्र अवलोकन (तस्वीरहरु)


756
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेता अमर थापा लगायत जिल्लाका नेता कार्यकर्तासहित खलंगा भेरी नगरपालिका–३ पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।

नेता नेपालको अवलोकनका अवसर पारेर नेकपा एस निकट भातृसंगठनले सो क्षेत्रमा अस्थाइ घर टहरा बनाउन सुरु गरेको छ ।

त्यसपश्चात नेता नेपालले खलंगास्थित अस्पताल पुगि बिरामीहरूसँग हालको अवस्था, समस्या र सामाधानको विषयमा छलफल गरेका छन् । सो क्रममा मन्त्री ज्वालाले अब बन्ने आवास पूर्णरुपमा भूकम्प प्रतिरोधि हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्