Logo
Logo

झापामा बुवाको हत्या आरोपमा छोरा पक्राउ


567
Shares

काठमाडौं । झापामा आफ्नै छोराले बुवाकाे हत्या गरेको छ । झपाको कमल गाउँपालिका- ४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको आज बिहान आफ्नै छोराद्वारा हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको छ। डिएसपी रिजालका अनुसार आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ र दाउ प्रहार गरी हत्या गरेका हुन्। मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ।

घटनापछि भागेका आशिषलाई प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले बिहान ७ बजे पक्राउ गरेको हो। उनलाई प्रहरीले कमल-४ दुध डेरी भन्ने ठाउँबाट पक्राउ गरेको जनाइएको छ । ।

बाबु छोरा दुवै जनाले मापसे गरेको हुनाले सामान्य विवादमा हत्या भएको हुनसक्ने प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धानका लागि प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेको छ। शव पोष्टमर्टमको लागि दमक अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्