Logo
Logo

कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेका छोरालाई स्वास्थ्यमन्त्रीले पढाइदिने


2.6k
Shares

काठमाडौं । कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएका सावित्री तिमल्सिना चालिसेको छोरालाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले निशुल्क पढाइदिने भएका छन् ।

कोरोना महामारी फैलिएपछि वि.सं. २०७७ जेठ महिनामा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–९ राम्चेकी सुत्केरी चालिसेको मृत्यु भएको थियो । त्यसबेला उनका छोरा सफल ९ दिनका मात्र थिए ।

उनै चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा कक्षा १२ सम्म निःशुल्क पढाइदिन लागेका हुन् । आज सफललाई काठमाडौंको टोखा–९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका छन् ।

उनले चालिसेका छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।

रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताए । उनले सफलको भर्ना गनै पाउदा ज्याँदै खुशी मिलेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्