Logo
Logo

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणको रकम हातमै दिइने


567
Shares

काठमाडौं । भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनेको कार्यविधिलाई केही संशोधन गरिएको छ ।

भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनाइएको ‘भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८०’ लाई केही संशोधन गरिएको हो ।

पहिले अस्थायी आवास निर्माणको रकम बैंक खातामा पठाउनुपर्ने अनिवार्य व्यवस्था थियो । तर, त्यसलाई संशोधन गरेर उक्त रकम हातैमा दिन मिल्ने बनाइएको मन्त्री बस्नेतले बताए ।

समितिको बैठकले भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक भवन तथा संरचना स्थायीरुपमा तयार नहुँदासम्म अस्थायी संरचना तयार गरी पठनपाठन, स्वास्थ्य सेवा, सरसफाइ तथा खानेपानीलगायत जनतालाई आवश्यक पर्ने सबै सार्वजनिक सेवा सञ्चालन गर्ने÷गराउने सम्बन्धमा पनि आवश्यक निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्