Logo
Logo

सीजी मोटर्सको बिर्तामोड, वीरगन्ज र धनगढीमा नयाँ सोरुम



काठमाडौं । सीजी मोटर्सले नेपालका विभिन्न तीन ठाउँमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्युटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट र धनगढीमा ब्रम्हा मोटर्ससँगको सहकार्यमा सोरुम सञ्चालनमा ल्याएको हो ।

यी तीनवटै स्थानमा सर्भिस सेन्टर पनि चाँडै सञ्चालनमा आउने कम्पनीले जनाएको छ । सीजी मोटर्सले नेपालभर ५० भन्दा बढी ठाउँमा चार्जिङ सेवा दिँदै आएको र थप ५० ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराउने बताएको छ ।

कम्पनीले चाँडै नै विराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा बिस्तारित नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्ध गराउने जानकारी दिएको छ।

सीजी मोटर्स नेटा भी विद्युतीय गाडी (ईभी), ११ सिटर सीजी केवाईसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता हो ।

प्रतिक्रिया दिनुहोस्