Logo
Logo

काेरिया जान सीप बिल्डिङतर्फ परीक्षा दिएका ४ हजार जना उत्तीर्ण


8.2k
Shares

काठमाडौं । कोरियन भाष परीक्षा (ईपीएस)मार्फत सीप विल्डङ क्षेत्रका लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन् । एचआरडी कोरियाले उत्रिण भएका ४ हजार ९८ जनाको नाम पठाएको हो ।

परीक्षामा सहभागी भएका ३२ हजार ५०७ जना मध्ये ती संख्यामा परीक्षार्थी पास भएको ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले बताए ।

असोज १ गतेबाट सुरु भई मङ्सिर ७ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो । अब दोस्रो चरणमा स्किल टेस्टको परीक्षा तालिका सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्