Logo
Logo

उर्लाबारी आगलागी अपडेट : मृतककाे संख्या ५ पुग्यो


630
Shares

काठमाडौं । मोरङको उर्लाबारीमा भएको आगलागी परेर गम्भीर घाइते थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।कात्तिक २६ गते लक्ष्मपूजाको राति भएको आगलागीमा परी गम्भिर घाइते भएका उर्लाबारी ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो।

उक्त आगोलागीमा परि चार प्रहरीसहित २८ जना घाइते भएका थिए। काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेकाहरूमध्ये हालसम्म ५ जनाको मृत्यु भइसकेको छ। अन्य घाइतेको काठमाडौंमै उपचार भइरहेको मोरङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए ।

यसअघि उर्लाबारी ७ कै ६८ वर्षीय रुकुमबहादुर कार्कीको मंसिर ९ गते शनिबार उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको डिएसपी दाहालले जानकारी दिए।

लक्ष्मीपूजाको दिन राति साढे १० बजेतिर उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो। त्यसक्रममा घरको माथिल्लो तलामा बस्ने घरधनीको उद्धारका लागि प्रहरी पुगेको थियो। त्यहीबेला सुनचाँदी पसलमा रहेको ग्यास सिलिण्डर विष्फोट हुँदा धेरैलाई आगाको लप्काले भेटेको थियो।

प्रतिक्रिया दिनुहोस्