Logo
Logo

‘बैंक अफ दि इयर-२०२३’ को उपाधि प्रभु बैंकलाई


156
Shares

काठमाडौं । प्रभु बैंक ‘बैंक अफ दि इयर–२०२३’ को उपाधिबाट सम्मानित भएको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।

सन् २००० देखि ‘दि बैंकर’ले प्रदान गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड मानिन्छ ।

‘विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै आइरहेको छ । अधिक नागरिकलाई वित्तीय सेवा पु¥याएको प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो,’ प्रभु बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्दै आएको छ ।

बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओे) अशोक शेरचनले सम्मान ग्रहण गरेका थिए । सम्मानपछि अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताएका छन् ।

अवार्ड वितरण समारोहपछि सीईओ शेरचनले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथले सम्मान प्राप्त गर्न सफल भएको बताए ।

प्रभु बैंकले तीन सयभन्दा बढी शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३१० एटीएममार्फत ३१ लाखभन्दा बढी सेवाग्राहीलाई बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरिरहेको छ ।

२०७९ पुसमा सेञ्चुरी बैंक प्रभुमा विलय गराएर एकीकृत कारोबार सुरु गरेको हो । सेञ्चुरीसहित बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरेर ८ वटा बैंक तथा वित्तीय संस्था प्रभु बैंकमा गाभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्