Logo
Logo

जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण १९ गतेदेखि


567
Shares

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण मंसिर १९ गतेदेखि गर्ने तयारी गरेको छ ।

तीन दिने प्रशिक्षण कार्यक्रममा प्रदेश अन्तर्गतका केन्द्रीय समितिका सदस्यहरु, संघीय परिषद् सदस्यहरु, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति र भ्रातृ संगठनका प्रतिनिधिहरु गरी १२५ जना सहभागी हुनेछन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव, पार्टीका कार्यकारिणी समिति सदस्य एवम् लुम्बिनी प्रदेश समितिका इन्चार्ज राजकिशोर यादवलगायतका नेताहरुले प्रशिक्षण दिने छन् ।

सो पार्टीका लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक यादवका अनुसार पार्टी विधानले निर्दिष्ट गरेका नीति, सिद्धान्त र उद्दश्य तथा पार्टीको संगठनात्मक गतिविधि एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धका बारेमा प्रशिक्षण दिइने छ । यस अघि मंसिर ९ र १० गते गर्ने भनिएको प्रशिक्षण पार्टी अध्यक्ष उपेन्द्र यादवको व्यस्तताका कारण पछाडि सारिएको हो ।

लुम्बिनीमा हुने प्रशिक्षण कार्यक्रममा प्रदेश समिति सदस्य, तराई थरुहट र मगरात राष्ट्रिय समितिका पदाधिकारी, जिल्ला समितिका पदाधिकारी, लुम्बिनी प्रदेश समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा सङ्घीय परिषद् सदस्य एवं लुम्बिनी प्रदेश समिति मातहत रहेका जनवर्गीय एवं भातृ संगठनका पदाधिकारीहरुको सहभागिता रहने छ ।

प्रशिक्षणमा सहभागी नेता तथा कार्यकर्ताहरुलाई पार्टी बिधानले निर्दिष्ट गरेका पार्टीका नीति, सिद्धान्त र उदेश्य तथा पार्टी संगठनात्मक गतिविधि एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धका बारेमा प्रशिक्षित गरिने प्रदेश समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्