Logo
Logo

निफ्राको वार्षिक साधारणसभा पुस १७ गते


143
Shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले वार्षिक साधारणसभा बोलाएको छ । निफ्राले १७औं साधारणसभा पुस १७ गतेका लागि बोलाएको हो ।

साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । त्यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु छनोट गर्न निर्वाचन समेत हुने बैंकले जनाएको छ ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्