Logo
Logo
नक्कली भुटानी शरणार्थी प्रकरण

सन्दीप रायमाझी र टेकनाथ रिजाल धरौटीमा जेलमुक्त हुँदै


2.3k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको पूर्व उपप्रधानमन्त्री तथा तत्कालीन एमाले सचिव टोपबहादुर रायमाझीका छोरो सन्दीप रायमाझीलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । 

उच्च अदालत पाटनले सन्दीपसँग ३० लाख धरौटी माग गरेको छ । सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश भएको उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको छ । अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने उच्चले आदेश भएको हो ।

यसै मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि छाड्न अदालतले आदेश दिएको छ ।

रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । उनले इन्कारी बयान दिएको र जाहेरवालाबाट समेत रकम लिएको पुष्टि नभएको भन्दै रिजाललाई छाड्न आदेश भएको हो ।

प्रतिक्रिया दिनुहोस्