
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न ३० वटा कम्पनीहरुलाई ७ दिन भित्र सम्पर्कमा आउन ताकेता गरेको छ ।
दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमतिपत्र लिएका तर, विगत केही वर्षदेखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोषमा निर्धारित समयभित्र बुझाउनुपर्ने रकम बनुझाएको भन्दै प्राधिकरणले प्राधिकरणले आइतबार एक सूचनामार्फत ३० कम्पनीलाई सम्पर्कमा आउन भनेको हो ।
बक्यौता रकम तिर्नका लागि पटक–पटक सम्पर्क तथा पत्राचार गर्दा पनि कम्पनीहरु सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ । ७ दिनिभत्र पनि सम्पर्कमा नआए दूरसञ्चार ऐन २०५३ बमोजिम प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेनावनी दिएको छ ।















