Logo
Logo

लाङटाङ पुगेर फर्केका एक गाइड होटलमा मृत भेटिए


756
Shares

काठमाडौं । लाङटाङ पदमार्गमा एक नेपाली गाइडको मृत्यु भएको छ । शनिबार बिहान गोसाइकुण्ड गाउँपालिका–४ स्थित लामा तिबेतियन होटलको कोठामा धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका ५० वर्षीय कुमार पाण्डे मृत भेटिएका हुन् ।

पाण्डे स्वीट्जरल्याण्डबाट आएकी अन्दाजी ७०/७५ वर्षीया वृद्ध महिलालाई लाङटाङ उपत्यका घुमाएर शुक्रबार राति उक्त होटलमा बास बसेका थिए ।

लाङटाङ उपत्यका पुगेर फर्किँदा सामान्य बिरामी परेका पाण्डे भोलिपल्ट सुतेको स्थानमा मृत भेटिएको
जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी इन्स्पेक्टर नेत्रप्रसाद पौडेलले जानकारी दिए ।

मृतक पाण्डेको शव पोष्टमर्टमका लागि धुन्चेस्थित जिल्ला अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्