Logo
Logo

मकवानपुरमा आफु चढेकै बसले किच्दा एक वृद्धाको मृत्यु


630
Shares

मकवानपुर । मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७० वर्षीया कान्छीमाया घलानको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काडमाडौं मकवानपुरका लागि छुटेको बा २ ख ७२७२ नम्बरको बसमा यात्रा गरिरहेकी घलानलाई बसबाट ओर्लँदा त्यही बसले किचेर गम्भीर घाइते बनाएको थियो ।

उनलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको थियो । पछि थप उपचारका लागि बि एण्ड बि अस्पताल रिफर गरिएकोमा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

बस चालक २६ वर्षीय राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्