Logo
Logo

कटारी-सोलुखुम्बु सडकलाई ‘बलबहादुर राई मार्ग’ नामकरण


1.4k
Shares

कटारी । ओखलढुंगा–सोलुखुम्बु सडकलाई ‘बलबहादुर राई मार्ग’ नामकरण गरिएको छ । कोशी प्रदेश नामकरणमा असहमति राखेर संघर्ष गरिरहेको पुन: नामांकन संयुक्त संघर्ष समितिले नामकरण गरेको हो ।

पुःन नामांकन संयुक्त संघर्ष समितिले उदयपुरको घुर्मीमा कार्यक्रम आयोजना गरी ‘घुर्मी–चिवाभञ्ज्याङ पहिचानवादी जागरण उद्घाटन तथा पहिचान विरोधी ८२ प्लस विरुद्ध खबरदारीसभा’मा कटारी–ओखलढुंगा–सोलुखुम्बु सडकको नामकरण गरिएको हो ।

ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–१ मोलीमा १९७७ फागुन ६ गते जन्मेका राईको २०६७ असार २० गते निधन भएको थियो । पूर्वमन्त्री राईको सम्झना र सम्मानमा नामकरण गरिएको संयोजक डकेन्द्रसिं थेगिमले बताए ।

ओखलढुंगा, सोलुखुम्बु र खोटाङलाई पूर्वसँग जोड्ने एक मात्र कटारी–ओखलढुंगा–सोलुखुम्बु सडक राई आवास तथा भौतिक योजनामन्त्री भएकै वेला निर्माण शुरु भएको थियो । त्यसैले पनि उनकै नामबाट सडकको नामकरण गरिएको जनता समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य धिरेन्द्र रुम्दालीले बताए।

२००७ सालको राणा विरोधी आन्दोलनको नेतृत्वकर्ताका एक राईको योगदानको सम्मान स्वरुप सरकारले २०७३ सालमा हुलाक टिकट प्रकाशनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्