Logo
Logo

पीएसओका पीडा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ फागुन । नेपाल प्रहरीमा केही यस्ता पीएसओ छन्, जो आफूलाई प्रहरीका हाकिमहरुभन्दा ठूला ठान्दछन् । वर्षौँदेखि भिआइपीकोमा बसेका पीएसओहरुको रवाफ फरक छ ।

तर, धेरै पीएसओहरुलाई भने पीडा नै छ । समयमा खानसमेत नपाइने र भिआइपीको पछि खटिँदा उल्टो आफ्नो खर्च गर्नुपर्ने अवस्था छ ।

उच्चपदस्थ विदेशी पाहुनाहरु आउँदा नेपाल प्रहरीबाट पीएसओहरु खटिन्छन् । नेपाल बसुञ्जेल एउटै व्यक्तिलाई खटाइन्छ । यस्तो अवस्थामा बिहानदेखि बेलुकासम्मै खटिनुपर्ने हुन्छ । तर, उनीहरुलाई चिया खाने खर्च पनि दिइएको हुँदैन । कतिपय अवस्थामा खाने समयसमेत हुँदैन । भोकभोकै बिहानदेखि बेलुकासम्म ड्युटीमा खटिनुपर्ने हुन्छ । यस्तो सामान्य विषयमा समेत प्रहरी प्रधान कार्यालयले चासो दिन सकेको छैन । भोकभोकै ड्युटीमा खटिँदा उनको ड्युटीमासमेत असर पर्ने हुन्छ ।

अर्काेतर्फ सरकारनै पीएसओको भत्तामा समेत विभेद गरेको छ । प्रधानमन्त्री र मुख्यसचिवको पिएसकोमा काम गर्नेहरुले अतिरिक्त भत्ता पाउँछन् । प्रधानमन्त्री कार्यालयमा काम गरेको आधारमा उनीहरुलाई भत्ता दिने गरिन्छ । तर, अन्यलाई भत्ता नदिएपछि विभेदको कुरा प्रहरीभित्र उठेको छ । नेपाल प्रहरीबाट मात्र भिआइपीको सुरक्षामा करिब एक हजार प्रहरी अधिकारीहरु खटिदै आएका छन् । उनीहरु बिहानदेखि बेलुकासम्मै ड्युटीमा खटिनुपर्ने हुन्छ । तर, पनि कुनै थप सुविधा पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्